sangrila Bank

पत्याउनुहुन्छ ? एउटा अण्डाको मुल्य ६६ रुपैयाँ !

सोलुखुम्बु, भदौ २९ । सोलुखुम्बुको नाम्चेमा कुखुराको अण्डा प्रतिगोटा ६६ रुपैयाँसम्ममा किनबेच हुने गरेको छ । पछिल्लो समय खाद्यान्न ढुवानी ठप्प भएपछि होटल व्यवसायीले एउटा अण्डा खरिदमा ६० रुपैँयाभन्दा माथि तिर्नु परेको हो ।
एक सातादेखि नयाँ सामान ढुवानी हुन नसक्दा पुरानो भण्डारणमा नै कालोबजारी भएको व्यवसायीहरुले आरोप लगाएका छन् । एक कार्टुन अण्डाको १४ हजार रुपैयाँसम्म किनबेच भएको नाम नबताउने सर्तमा एक व्यवसायीले बताए । कार्टुनमा २ सय १० वटा अण्डा हुने भएकाले प्रति अण्डा ६६ रुपैँया परेको हो ।

जबकि त्यही अण्डा सदरमुकाम सल्लेरीमा १५ रुपैँयामा किनबेच भइरहेको छ । नाम्चेमा अण्डाको यो दर चार गुणाले बढी हो । अण्डा अभावमा ग्राहकबाट अण्डाको आईटमको अर्डर नै लिन छाडेको स्थानीय होटल व्यवसायी छिमिकाल्देन शेर्पाले बताए ।
व्यवसायी शेर्पाले नाम्चेमा भएको कालो बजारी नियन्त्रण गर्न सरोकारवालाहरुले ध्यान दिनु पर्ने बताए । त्यसैगरी नाम्चेमा अण्डा मात्रै नभएर तरकारी र खाद्यान्नको समेत अभाव छ । पर्यटकीय सिजन शुरु भएर होटल खोल्न आएका व्यवसायीहरु तरकारी अभावमा व्यवसाय चलाउन नसक्ने अवस्थामा पुगेको बताउँछन् ।
अहिले नाम्चेका ८० प्रतिशत होटलहरु सञ्चालनमा आइसकेका अर्का व्यवसायी लामाकाजी शेर्पा बताउँछन् । उनले सामग्री अभावले अहिले होटलहरुमा दाल तरकारी पाक्न सक्ने अवस्था नभएको बताए । प्रतिकुल मौसमले हवाइ उडान हुन नसक्नु र विमानले कार्गो उडान नभर्नुले पनि खाद्यान्न अभाव भएको हो ।कारोबार दैनिकमा अमृत राईले खबर लेखेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

बूढीगण्डकी जलबिद्युतको जिम्मा पुनः गेजुवालाई नै !

Sunday, 23 September 2018

काठमाडौं, असोज ७ । सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना चाईना गेजुवा ग्रुप कम्पनीलाई नै दिने निर्णय गरेको छ ...

बदनामी पप्पुलाई फेरि २ अर्बको नयाँ ठेक्का !

Sunday, 23 September 2018

काठमाडौं, असोज ७ । दर्जनौँ पुल र सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँ भन्दा बढीको ठेक्का पाएको ...

शेयर बजारः साताभरिमा दुई अर्ब ६२ करोडको कारोबार

Saturday, 22 September 2018

  काठमाडौँ, ६ असोज । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६२ करोड ५० लाख १४ हजार बराबरको शेयर ...

इपिएसमार्फत कामदार लैजाने सम्झौता नवीकरण !

Saturday, 22 September 2018

काठमाडौँ, असोज ६ । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजानेसम्बन्धी सम्झौताको नवीकरण भएको छ । ...

दशैँमा खसिबोका किन्दै हुनुहुन्छ ? सिङ हेरेर किन्नुहोला !

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । नेपालीको महान चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौं लगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण ...

खेल टिमका अर्बपति मालिकहरु !

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । मानिसका थरीथरीका सोख हुन्छन् । यसको निर्धारण चाँही पैसाले गर्दोरहेछ । अझ विश्वका धनाढ्यहरुको त कुरै ...

बालाजु क्षेत्रमा आज दिनभर विजुली कटौती हुने !

Friday, 21 September 2018

काठमाडौं, असोज ५ । सडक विस्तारका कारण बालाजु क्षेत्रमा शुक्रबार आज दिनभर विद्युत् कटौती हुने भएको छ । प्राधिकरण वालाजु ...

भूकम्पपीडितलाई सहूलियत ऋण असोजपछि बन्द हुने !

Friday, 21 September 2018

काठमाडौं, असोज ५ । भूकम्पपीडितले असोजपछि सहुलियत ब्याजदरको कर्जा सुविधा नपाउने भएका छन् । भूकम्प गएको साढे तीन वर्षपछि राष्ट्र ...

डीडीसीमा आर्थिक चलखेलः डेढ करोडको प्लाष्टिक गायब !

Friday, 21 September 2018

काठमाडौं, असोज ५ । सरकार स्वामित्वको दुग्ध विकास संस्थान डीडीसी ले दही प्याकेजिङ गर्ने प्लास्टि (पोलिथिन फिल्म) ग्लोबल टेन्डरमार्फत आयात ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top