sangrila Bank

निर्मला पन्त प्रकरणबारे सदनमा गृहमन्त्रीको जवाफ– चाँडै नै अपराधी कारवाहीको दायरामा आउँछ’

 

काठमाडौँ, २९ भदौ । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारपछिको हत्या संवन्धमा सदनमा उत्तर दिएका छन । शुक्रबार प्रतिनिधि सभाको वैठकमा निर्मलाको बलात्कारपछिको हत्या र कञ्चनपुर प्रकरणको उत्तर दिँदै चाँडै नै अभियुक्त पक्राउ पर्ने बताएका छन ।

अपराधमा संलग्नलाई कानुनको कटघरामा ल्याउनको लागी कहिँकतैबाट लापरबाही भएको देखिएमा लापरवाही गर्नेलाई नै दण्डित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । मन्त्रालय मातहतका सबै निकायहरुलाई चुस्तदु्रस्त अनुसन्धान गर्नको लागी आदेश जारी गरेको बताउदै चाँडै नै अपराधी कठघरामा उभिने प्रतिवद्धता व्यक्त गरेका छन ।

गृहमन्त्री थापाले बलात्कार तथा हत्याहिंसामा संलग्नविरुद्ध शुन्य सहनशीलताको नीति अपनाउने बताएका छन । कञ्चनपुर प्रकरणमा प्रहरीको गोली लागेर मृत्यु भएका शनि खुनालाई शहिद घोषणा गरेको र उनको परिवार र निर्मला पन्तको परिवारलाई दस÷दस लाख पनि दिईएको बताएका छन । अपराधी पत्ता लगाउनको लागी र दोषीलाई कारवाही गराउनको लागी सबैबाट सहयोगको अपेक्षा पनि गरेका छन ।

गृहमन्त्रालयबाट गठित ५ सदस्यीय उच्चस्तरीय छानविन समितिका सदस्य विरेन्द्र बहादुर केसीले असुरक्षाको कारण देखाउँदै समितिबाट राजीनामा दिने बताएपनि औपचारिक रुपमा राजीनामा नदिएको बताएका छन् । छानविन समितीका सबै सदस्यहरुलाई सरकारले सुरक्षा सुनिश्चित गर्ने प्रतिवद्धता पछि विरेन्द्र केसी पुन अनुसन्धानमा फर्किएका पनि गृहमन्त्रीले बताएका छन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

जिउँदै बच्चालाई मरेको भनि पोष्टमार्टम गरेपछि अप्पताल तोडफोड !

Sunday, 23 September 2018

काठमाडौं, असोज ७ अस्पताल ल्याउनुअगावै बाटोमै मृत्यु भइसकेको एक बच्चा जिउँदै छ भन्दै स्थानीयले शनिबार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल ...

यसरी झन बलियो बन्दै काँग्रेस सभापति देउवा !

Sunday, 23 September 2018

काठमाडौं, असोज ७ । कांग्रेसको प्रस्तावित विधानले सभापतिलाई झन् शक्तिशाली बनाउने प्रावधान ल्याएको छ। विधान मस्यौदा समितिले तयार पारेको प्रारम्भिक ...

गोपनीयतासम्बन्धी विधेयकमा प्रेसमाथिको अंकुश हट्यो

Sunday, 23 September 2018

काठमाडौँ,७ असोज । प्रतिनिधि सभाले पारित गरेको वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकले कसैले गोपनीयताको समाचार प्र्रकाशन र प्रसारणमा प्रेसमाथि लगाएको अंकुश हटाएको ...

कांग्रेसले तिहार अघि विधान तयार गर्ने, यी विषयमा हुँदैछन महत्वपुर्ण संसोधन

Saturday, 22 September 2018

काठमाडौँ । नेपाली कांग्रेसले आगामी तिहार अभिनै संघीय संरचनायुक्त विधान पार्टीमा ल्याईसक्ने निर्णय गरेको छ । नेपाली कांग्रेस केन्द्रीय विधान ...

उपराष्ट्रपति पुन सिचुवान युनिभर्सिटीमा, नेपाली विद्यार्थीसंग अन्तरक्रिया (फोटोफिचर)

Saturday, 22 September 2018

काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन । उनले शनिबार विभिन्न ...

अश्लिल साइट बन्द गराउँने सरकारको घोषणापछि डा. बाबुराम भट्टराईको यस्तो प्रतिक्रिया

Saturday, 22 September 2018

काठमाडौं ६ असोज । सरकारले अश्लिल सामग्री राखिएका वेभसाइटहरु बन्द गराउने निर्णय गरेसँगै यसमा विभिन्न प्रतिक्रियाहरु व्यक्त भइरहेका छन् । ...

काठमाडौं उपत्यकाका नदीको छेउमा नजान सरकारको चेतावनी !

Saturday, 22 September 2018

काठमाडौँ, असोज ६। मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान ...

६ सय वर्गकिलोमिटर नेपाली भूभाग अतिक्रमण, सरकार भने मौन !

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । ६ सय वर्गकिलोमिटरभन्दा बढी नेपाली भूभाग भारतले अतिक्रमण गरेको भेटिएको छ। दार्चुलादेखि ताप्लेजुङसम्म सिमा जोडिएका ७१ ...

भाजपा नेताको प्रधानमन्त्रीलाई चिठी,–‘त्रिभुवन विमानस्थल खतराको सुचीमा छ ’(पत्रसहित)

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल खतरनाक भएको भन्दै नेपालका ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top