sangrila Bank

एनसेलको नयाँ ‘ठगी योजना’ : १ लाखको लोभ देखाएर, यसरी लुट्दैछ अर्बौं !

 

काठमाडौं, २८ भदौ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एक्जिएटाको नेपाल स्थित रहेको एनसेलले गत हप्तादेखि एउटा नयाँ उपहार योजना सार्वजनिक गरेको छ ।

१० हप्तासम्मको लागि ल्याईएको यो ‘स्किममा १ हप्ताभित्र १०० रुपैयाँ भन्दा बढि रिचार्ज गर्ने ग्राहकमध्येबाट १० जनाले १÷१ लाखको दरले पाउनेछन् । १ सय रुपैयाँ रिचार्ज गर्दा १ लाख रुपैयाँ प्रलोभनमा सामान्य सेवाग्राही नफस्ने त कुरै भएन ।

उनीहरु १ लाख रुपैयाँ पाउने आशामा १ चोटी होईन, दैनिक दशौँ पटक रिचार्ज गर्न पछि पर्दैनन् । यसको मतलब यो हो की, उनीहरुलाई एनसेलले कसरी ठगि रहेको छ भन्ने कुरा पत्तै पाउँदैनन् ।

 

एनसेलले यस्तो स्किम ल्याएको पहिलो हप्ता नै साँढे ८४ करोडको हाराहारीमा कमाएको देखिन्छ । पहिलो हप्ताको स्किमभित्र ८४ लाख ५२ हजार २ सय १९ जना सेवाग्राहीले रिचार्ज गरेको एनसेलका एक अधिकारीले बताए ।

यसबाट एनसेलले ८४ करोड ५२ लाख २१ हजार ९ सय रुपैयाँ अशुली गरेको देखिन्छ । १ अर्बको हाराहारीमा रकम अशुली गरेको एनसेलले ग्राहकहरुलाई भने १० लाख रुपैयाँ पुरस्कारको रुपमा दिनु कूनै नौलो कुरा भयो र ?

यो हिसाबमा एनसेलले पहिलो हप्तामा नै ८४ करोड ४२ लाख २१ हजार ९ सय रुपैयाँ ब्रम्हलुट गर्न सफल भएका छन् । ‘यसरी उपहार योजनाको नाममा अर्बौं रुपैयाँ ठग्नु कर्पोरेट अपराध हो,’ एक अधिवक्ता भन्छन्,‘एनसेललाई कर्पोरेट क्राइम अन्तगर्त मुद्दा चलाउनुपर्छ ।’

१० हप्तासम्म कत्ति कमाउँछ ?

पहिलो हप्तामा नै साढे ८४ करोड कमाएको एनसेलले १० हप्ताभित्र साढे ८ अर्ब रुपैयाँ ग्राहकबाट अशुली गर्ने देखिन्छ । ग्राहकको संख्यामा अझै बढोत्तरी हुने भएसँगै कारोबार अझै बढ्ने र यसको रुपैयाँ अझै धेरै हुने सजिलै आँकलन गर्न सकिन्छ ।

एनसेलको नयाँ स्किम अनुसार २ करोड ग्राहकमध्येबाट १० महिनामा अरबौँ हैन खरबौँ रुपैयाँ उठाईनेछ र ग्राहकलाई जम्मा १ करोडको ललीपप देखाइनेछ । हुन त राज्यलाई नै ६१ अर्ब भन्दा धेरै लाभांश कर नतिरेर राज्य माथि नै लूट मच्चाइरहेको एनसेलबाट नागरिक लुटिनुको के अर्थ होला र ?

कोड नै नआएको गुनासो !

१ सय रुपैयाँ भन्दा बढि रिचार्ज गर्दा स्किमका लागि रिचार्ज गर्ने ग्राहकले उपहारको लागि एनसेलबाट उपलब्ध हुपर्ने कोड नै नपाएको भेटिएको छ ।

१ लाख रुपैयाँ पाउनका लागि भन्दै ३ सय ५० रुपैयाँ रिचार्ज गर्ने एक सेवाग्राहीले स्किम भित्र पस्ने कोड नं. नै नपाएको गुनासो गरे । कोड नं. को आधारमा बिजेता घोषणा गरिने भएकाले कोड नं. नपाउँदा त्यति धेरै विश्वस्त हुन नसकिएको सेवाग्राहीको तर्क छ ।

एनसेलको फेसबुक पेजमा सार्वजनिक भएको बिज्ञापनमा कमेन्ट गर्नेहरुमध्ये कबिता सिंहले ‘मंगलबार मैले रिचार्ज गर्दा कोड नं. नै पाईन’ भनेका छन् ।

त्यस्तै बिजयले ‘कोड नं. नै आएन हो खास कुरा के हो ?’ भनेका छन् भने लियो पारस मिभारकले ‘रिचार्ज गरेपनि कोड नं. नै नआएपछि कसरी थाहा पाउने हो ? नाटक की साँच्ची हो ?’ भनेर कमेन्ट गरेका छन् ।

प्राधिकरणको अनूमति बिना नै ठगी योजना ?

ग्राहकलाई उपहारको नाममा बेफकुफ बनाइरहेको एनसलले उसको नियमक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट भने अनुमति नलिएको पाइएको छ ।

‘एनसेलले जुन स्किम चलाइरहेको छ उक्त स्किम दूर सञ्चार प्राधिकरणबाट अनुमति बेगर चलाइएको छ,’ प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले दियोपोस्टसँग भने,‘दूरसञ्चार क्षेत्रमा एनसेलको यो मोनोपोली हो । उनीहरुलाई हामी पत्र काट्दैछौँ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

पुर्वडिएसपीविरुद्ध बुहारीको उजुरी, अपराध महाशाखाले उजुरी लिएन !

Sunday, 23 September 2018

काठमाडौँ, ७ असोज । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जुठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले  बेवास्ता गरेको छ । महानगरीय ...

अमृता फाउण्डेशनका म्यानेजरले महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोप

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज । अमृता फाउण्डेशन नेपालकी सल्लाहकार रमा कार्कीले आफ्नो संस्थामा कार्यरत म्यानेजर अमृत कार्कीले आफ्नै महिला सहकर्मीमाथि यौन ...

केपी ओलीलाई साक्षी राखेर प्रचण्डले भने,‘राम्रो काम नगरे हामी सबै एकै डुङ्गामा डुब्ने खतरा छ’

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व एमाले र माओवादी पार्टी एकतापछि पार्टी एउटै ...

चुरोटको लत छुटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यि चार उपाय !

Saturday, 22 September 2018

काठमाडौँ,६ असोज । वर्तमान समयमा किशोर किशोरी देखी लिएर वृद्धवृद्धाहरु चुरोटको दुव्र्यसनबाट पिडित छन । किशोर किशोरी हरु संगतको कारणले ...

‘अन्तरजातिय विवाह गर्दा मेरो श्रीमानको हत्या भयो’

Friday, 21 September 2018

दिप्ति बथिनी ‘प्रणयले एउटी आमाले जसरी मेरो ख्याल राख्थे । उनले मलाई नुहाइदिन्थे, ख्वाइदिन्थे र मेरो लागि खाना बनाउँथे । ...

संविधान बनेको तीन वर्षपछि संघीयतामा जाँदै कांग्रेस, प्रवक्ता भन्छन्,‘यसैकारण चुनाव हारियो’

Friday, 21 September 2018

-टि.पी शर्मा काठमाडौं, ५ असोज । आफूलाई देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक दल दाबी गर्ने कांग्रेस आफैं भने लोकतन्त्रको अभ्यासमा फितलो ...

भत्किएका सम्पदाको निर्माण पुरातत्वको मापदण्ड अनुसार नै गर्नुपर्ने पर्यटनमन्त्रीको जिकिर

Friday, 21 September 2018

भक्तपुर, ५ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्रप्रसाद अधिकारीले भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण छिटोभन्दा छिटो गर्नुपर्ने बताएका छन ...

को हुन् ‘मानसिक रोगी’माथि लाठी र बुट बजार्ने प्रहरी हवल्दार ? भन्छन्,‘मैले एक झापड खाएँ’

Friday, 21 September 2018

प्रयास पराजुली काठमाडौं, ५ असोज । गत बुधबार सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बन्यो । राजधानीको गंगबु स्थित शिव मन्दिर ...

फोहोरको डंगुर छाडेर काठमाडौंका मेयर विद्या सुन्दर शाक्य श्रीमतीसहित अमेरिकामा मस्ति गर्दै !

Friday, 21 September 2018

काठमाडाैं, ५ असाेज ।  सरकारले वेदेशिक भ्रमणमा नियन्त्रण गरेको बताईरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top