sangrila Bank

बेजोसले परोपकारी कार्यका लागि छुट्याए दुई अर्ब डलर

वासिङ्टन, २९ भदौ ।  विश्वकै सर्वाधिक धनाढ्य एवं अमेजनका संस्थापक जेफ बेजोसले घरबारविहीन परिवार एवं न्यून आय भएका समुदायका बालबालिकाको शिक्षाका लागि दुई अर्ब डलरको परोपकारी कोष निर्माण गर्ने घोषणा गरेका  छन् ।

बेजोसले गत वर्ष नै परोपकारी कार्यक्रमका सम्बन्धमा ट्वीट गरी सुझाव माग गरेका  थिए । उनिसँग व्यक्तिगत १६० अर्ब अमेरिकी डलरको सम्पत्ति रहेको अनुमान गरिएको छ ।

बेजोस र उनकी श्रीमती म्याकेन्जीले निर्माण गरेको उक्त कोषको नाम ‘बेजोस डे वान फन्ड’ राखिएको छ । बिहीबार पत्रकार सम्मेलन गरी बेजोसले मुख्यतः दुईवटा क्षेत्रमा कोषले कार्य गर्ने जानकारी दिए ‘पहिलो, घरबारविहीन परिवारलाई मद्दत गर्नु, र दोस्रो, न्यून आय भएका परिवारका क्षेत्रमा कार्यरत नयाँ, गैरनाफामूलक सञ्जाललाई बालबालिकालाई विद्यालयमा भर्नाका लागि सहयोग गर्नु ।’

बेजोसले दुई अर्ब डलर केबल सुरुआत भएको र यसमा रकम बढाउँदै लैजाने बताए । ‘मैले सानो प्रयत्नबाट पनि ठूलो काम भएको पाएको छु र यस्तो देख्दा म उत्साहित भएको छु । मेरो कोषले पनि त्यही अपेक्षा राखेको छ ।’

घरबारविहीनका सन्दर्भमा कोषले अति जरुरीमा परेका परिवारका लागि मिहिनेतसाथ दिनरात काम गरिरहेका संस्थाहरुलाई सहयोग गर्ने बेजोसले बताए । उनले स्कुल जान नपाएका साना बालबच्चाका लागि पूर्ण छात्रवृत्ति सहितको सुविधा उपलब्ध गराउन कोषले एक वृहत सञ्जालमार्फत काम गर्ने स्पष्ट गरे ।

अमेजनको कार्यशैली झैं प्रत्येक बालबालिका स्कुलको एउटा ग्राहक हुनेछ, बेजोसले भने ।

बेजोसले गत वर्ष ट्वीटरमार्फत गरिएको अनुरोध बमोजिम प्राप्त हजारौं नवीन धारणाहरुमध्येबाट यी दुई क्षेत्र पहिचान गरेका  हुन्  ।

सन् १९९४ मा अनलाइन पुस्तक बिक्रीबाट सुरु गरेको बेजोसको अमेजन कम्पनीले अहिले विश्वव्यापी प्रभाव सिर्जना गरेको छ । यो कम्पनीले अहिले भिडियो र म्युजिक स्ट्रिमिङका साथै क्लाउड कम्प्युटिङ र अरु नयाँनयाँ सेवा थप गरेको छ । रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

काश्मिरका दुई दर्जन प्रहरी अधिकारीद्धारा राजीनामा, गृह मन्त्रालय भन्छ- ‘प्रोपागाण्डा’

Saturday, 22 September 2018

नयाँ दिल्ली, ६ असोज । भारत अधीनस्थ काश्मिरका केही प्रहरी अधिकारीहरुले असुरक्षाको कारण देखाई आफूहरु प्रहरी सेवामा नरहने गरी राजिनामा ...

मेक्सिकोमा यसै वर्ष नौ पत्रकारको हत्या

Saturday, 22 September 2018

मेक्सिको, ६ असोज- बन्दुकधारीहरुले गोली प्रहार गरेर मेक्सिकोमा थप एक पत्रकारको हत्या गरेका छन् । यो घटनासँगै यस वर्ष अर्थात ...

ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने विषयमा छलफल नभएको उपमहान्याधिवक्ताको जिकिर

Saturday, 22 September 2018

बीबीसी । संयुक्त राज्य अमेरिकाका उपमहान्यायाधीवक्ता रड रोजनस्टाइनले  राष्ट्रपति डोनल्ड ट्रम्पलाई हटाउन कुनैपनि छलफल नभएको बताएका छन । आफूले संविधानको ...

विश्वका प्रत्येक २० मध्ये एकको मदिराका कारण मृत्यु हुने गरेको खुलासा !

Saturday, 22 September 2018

जेनेभा, असोज ६ । मदिरा सेवन गरेर संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको ...

काश्मिरमा तीन प्रहरीको अपहरणपछि हत्या

Friday, 21 September 2018

भारत, ५ असोज । भारत प्रशासित काश्मिरमा लडाकूहरुले अपहरण गरी लगेका तीन प्रहरीको हत्या गरिएको छ । स्थानीय निर्वाचनको पूर्व ...

अमेरिकामा अन्धाधुन्ध गोलीकान्ड, चारजनाको मृत्यु

Friday, 21 September 2018

एबरडीन, असोज ५ । अमेरिकाको मेरिल्यान्डस्थित एक औषधि भन्डारगृहमा कार्यरत् एक महिलाले आफ्नै सहकर्मी साथीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा तीनजनाको घटनास्थलमै ...

भारतमा मरेका ११ सिंहमाथि अनुसन्धान सुरु, शरिर पोष्टमार्टमाका लागि पठाईयो !

Friday, 21 September 2018

भारत । भारतको गुजरातस्थित गिर राष्ट्रिय निकुञ्जमा केहि दिनमा कम्तीमा ११ वटा सिंहहरू मृत फेला परेपछि अनुसन्धान थालिएको छ। मृत्युको ...

ब्राजिलमा बुलेटप्रुफ कार, सुरक्षा कि प्रतिष्ठा ?

Thursday, 20 September 2018

  जोहानेस माइबर्ग साओ पाउलो, ४ असोज । ब्राजिलका धेरै नागरिक सवारी साधन दौडाइरहँदा कहाँ कसको गोलीबाट मारिने हो भन्ने ...

नवाज सरिफमाथि लगाईएको भ्रष्टाचारको मुद्धा खारेज, तत्काल रिहा गर्न अदालतको आदेश !

Thursday, 20 September 2018

काठमाडौँ, ४ असोज । भ्रष्टाचारको अभियोगमा जेल चलान गरिएका पाकिस्तानि पुर्व प्रधानमन्त्रीलाई तत्काल रिहा गर्न उच्च अदालतले आदेश गरेका छ ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top