sangrila Bank

निर्मलाका आमा बाबुलाई साक्षी राखेर गृहमन्त्रीले भने,‘ दोेषी पत्ता नलाग्दा सबैभन्दा बढी असन्तुष्ट म छु’

काठमाडौँ, २९ भदौ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पहिचान हुन नसक्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताएका छन् ।

निर्मलाका आमा दुर्गादेवि पन्त र बाबु यज्ञराज पन्तसहितको प्रतिनिधिमण्डललाई आज गृहमन्त्रालमा भेट्दै गृहमन्त्री थापाले भने, ‘ दोषीलाई कठघारमा ल्याउन नसक्दा जति पिडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होलाजस्तो मलाई लाग्छ ।’

निर्मलाको हत्याराको नजिक आफुहरु पुिगसकेको भन्दै दोषीलाई कठघारमा ल्याई छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

गृहमन्त्री थापाले भने, ‘ कञ्चनपुर घटनामा हामिले सुरुदेखिनै धयान दिएका हौ । घटना लगत्तै स्थानिय प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दियौ, त्यसपछि केन्द्रबाट सिआईबी टोली पठायौं, त्यसले पनि नभएपछि उच्चस्तरीय छानविन समिति गठन गरीएकोछ । समिति बाहेक पनि छुट्टै ढंगले थप अनुसन्धान भईरहेको छ । ’

सो घटनामा जिम्मेवार निकाय तथा व्यक्तिबाट भएका लापरवाहीलाई छुट नदिईने गृहमन्त्रीले स्पष्ट पारे ।

दोषी छिटो पत्ता नलाग्दा परिवारलाई चिन्ता हुनु स्वभाविक भएको भन्दै गृहमन्त्री थापाले दोषी पत्ता लगाउन परिवारको समेत साथ लिएर अघि बढ्ने बताए ।
स्वर्गिय निर्मलाका आमा, बुवाले घटना भएको लामो समय बित्दा समेत दोषी पत्ता नलागेको, प्रहरीबाट बिगतमा राम्रो साथ नपाएको गुनासो गर्दै छिटो भन्दा छिटो अपराधी पत्ता लगाउन गृहमन्त्रीलाई आग्रह गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

पुर्वडिएसपीविरुद्ध बुहारीको उजुरी, अपराध महाशाखाले उजुरी लिएन !

Sunday, 23 September 2018

काठमाडौँ, ७ असोज । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जुठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले  बेवास्ता गरेको छ । महानगरीय ...

अमृता फाउण्डेशनका म्यानेजरले महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोप

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज । अमृता फाउण्डेशन नेपालकी सल्लाहकार रमा कार्कीले आफ्नो संस्थामा कार्यरत म्यानेजर अमृत कार्कीले आफ्नै महिला सहकर्मीमाथि यौन ...

केपी ओलीलाई साक्षी राखेर प्रचण्डले भने,‘राम्रो काम नगरे हामी सबै एकै डुङ्गामा डुब्ने खतरा छ’

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व एमाले र माओवादी पार्टी एकतापछि पार्टी एउटै ...

चुरोटको लत छुटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यि चार उपाय !

Saturday, 22 September 2018

काठमाडौँ,६ असोज । वर्तमान समयमा किशोर किशोरी देखी लिएर वृद्धवृद्धाहरु चुरोटको दुव्र्यसनबाट पिडित छन । किशोर किशोरी हरु संगतको कारणले ...

‘अन्तरजातिय विवाह गर्दा मेरो श्रीमानको हत्या भयो’

Friday, 21 September 2018

दिप्ति बथिनी ‘प्रणयले एउटी आमाले जसरी मेरो ख्याल राख्थे । उनले मलाई नुहाइदिन्थे, ख्वाइदिन्थे र मेरो लागि खाना बनाउँथे । ...

संविधान बनेको तीन वर्षपछि संघीयतामा जाँदै कांग्रेस, प्रवक्ता भन्छन्,‘यसैकारण चुनाव हारियो’

Friday, 21 September 2018

-टि.पी शर्मा काठमाडौं, ५ असोज । आफूलाई देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक दल दाबी गर्ने कांग्रेस आफैं भने लोकतन्त्रको अभ्यासमा फितलो ...

भत्किएका सम्पदाको निर्माण पुरातत्वको मापदण्ड अनुसार नै गर्नुपर्ने पर्यटनमन्त्रीको जिकिर

Friday, 21 September 2018

भक्तपुर, ५ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्रप्रसाद अधिकारीले भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण छिटोभन्दा छिटो गर्नुपर्ने बताएका छन ...

को हुन् ‘मानसिक रोगी’माथि लाठी र बुट बजार्ने प्रहरी हवल्दार ? भन्छन्,‘मैले एक झापड खाएँ’

Friday, 21 September 2018

प्रयास पराजुली काठमाडौं, ५ असोज । गत बुधबार सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बन्यो । राजधानीको गंगबु स्थित शिव मन्दिर ...

फोहोरको डंगुर छाडेर काठमाडौंका मेयर विद्या सुन्दर शाक्य श्रीमतीसहित अमेरिकामा मस्ति गर्दै !

Friday, 21 September 2018

काठमाडाैं, ५ असाेज ।  सरकारले वेदेशिक भ्रमणमा नियन्त्रण गरेको बताईरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top