sangrila Bank

पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा रेल दुर्घटना , कम्तीमा २० जना घाइते

इस्लामावाद, पाकिस्तान, ३१ भदौ (रासस/सिन्ह्वा) : पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको रेल दुर्घटनामा कम्तीमा २० जना घाइते भएका पाकिस्तानी रेल सेवा सम्बद्ध एक अधिकारीले बताएका छन् ।

कुशल खान रेल कम्पनीको रेलका आठ डब्बा पञ्जावको एटक जिल्लाको सोहान पुल–माखन्द स्टेशनबीचको क्षेत्रमा लिकबाट बाहिरिँदा दुर्घटना भएको पाकिस्तान रेल सेवाका केन्द्रिय प्रवक्ताले बताए ।

रेल दुर्घटना भएको केही समयभित्रै प्रहरी, सुरक्षाकर्मीलगायतका उद्धार समूहहरू घटनास्थल पुगी घाइते सबैजनालाई उपचारका लागि एटकस्थित जिल्ला अस्पतालमा लगिएको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेकोले सघन उपचार कक्ष (आइसीयु) मा राखी उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

दुर्घतनाग्रस्त रेल दक्षिणी बन्दरगाह शहर कराँचीबाट उत्तरपश्चिमी शहर पेशावरतर्फ गइरहेको थियो । दुर्घटनापछि उक्त खण्डमा रेल सेवा अवरूद्ध भएको छ । यसैबीच घटनाबारे अनुसन्धान गर्न एउटा विज्ञहरू सम्लग्न रहेको छानविन समिति गठन गरी जिम्मेवारी दिइसकिएको प्रवक्ताले बताए ।

पाकिस्तानको संसदमा पेश भएको एक रिपोर्ट अनुसार पाकिस्तानमा सन् २०१३ देखि २०१६ को अन्त्यसम्म ठूला तथा साना गरी ३३८ रेल दुर्घटना भएका छन् भने उक्त घटनाहरूमा ११८ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा कमजोर रेलमार्ग, पूराना गाडी, गैर–व्यवसायिक कर्मचारी र पूराना संरचनाका कारण दुर्घटना हुने गरेका रिपोर्टमा उल्लेख छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

काश्मिरका दुई दर्जन प्रहरी अधिकारीद्धारा राजीनामा, गृह मन्त्रालय भन्छ- ‘प्रोपागाण्डा’

Saturday, 22 September 2018

नयाँ दिल्ली, ६ असोज । भारत अधीनस्थ काश्मिरका केही प्रहरी अधिकारीहरुले असुरक्षाको कारण देखाई आफूहरु प्रहरी सेवामा नरहने गरी राजिनामा ...

मेक्सिकोमा यसै वर्ष नौ पत्रकारको हत्या

Saturday, 22 September 2018

मेक्सिको, ६ असोज- बन्दुकधारीहरुले गोली प्रहार गरेर मेक्सिकोमा थप एक पत्रकारको हत्या गरेका छन् । यो घटनासँगै यस वर्ष अर्थात ...

ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने विषयमा छलफल नभएको उपमहान्याधिवक्ताको जिकिर

Saturday, 22 September 2018

बीबीसी । संयुक्त राज्य अमेरिकाका उपमहान्यायाधीवक्ता रड रोजनस्टाइनले  राष्ट्रपति डोनल्ड ट्रम्पलाई हटाउन कुनैपनि छलफल नभएको बताएका छन । आफूले संविधानको ...

विश्वका प्रत्येक २० मध्ये एकको मदिराका कारण मृत्यु हुने गरेको खुलासा !

Saturday, 22 September 2018

जेनेभा, असोज ६ । मदिरा सेवन गरेर संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको ...

काश्मिरमा तीन प्रहरीको अपहरणपछि हत्या

Friday, 21 September 2018

भारत, ५ असोज । भारत प्रशासित काश्मिरमा लडाकूहरुले अपहरण गरी लगेका तीन प्रहरीको हत्या गरिएको छ । स्थानीय निर्वाचनको पूर्व ...

अमेरिकामा अन्धाधुन्ध गोलीकान्ड, चारजनाको मृत्यु

Friday, 21 September 2018

एबरडीन, असोज ५ । अमेरिकाको मेरिल्यान्डस्थित एक औषधि भन्डारगृहमा कार्यरत् एक महिलाले आफ्नै सहकर्मी साथीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा तीनजनाको घटनास्थलमै ...

भारतमा मरेका ११ सिंहमाथि अनुसन्धान सुरु, शरिर पोष्टमार्टमाका लागि पठाईयो !

Friday, 21 September 2018

भारत । भारतको गुजरातस्थित गिर राष्ट्रिय निकुञ्जमा केहि दिनमा कम्तीमा ११ वटा सिंहहरू मृत फेला परेपछि अनुसन्धान थालिएको छ। मृत्युको ...

ब्राजिलमा बुलेटप्रुफ कार, सुरक्षा कि प्रतिष्ठा ?

Thursday, 20 September 2018

  जोहानेस माइबर्ग साओ पाउलो, ४ असोज । ब्राजिलका धेरै नागरिक सवारी साधन दौडाइरहँदा कहाँ कसको गोलीबाट मारिने हो भन्ने ...

नवाज सरिफमाथि लगाईएको भ्रष्टाचारको मुद्धा खारेज, तत्काल रिहा गर्न अदालतको आदेश !

Thursday, 20 September 2018

काठमाडौँ, ४ असोज । भ्रष्टाचारको अभियोगमा जेल चलान गरिएका पाकिस्तानि पुर्व प्रधानमन्त्रीलाई तत्काल रिहा गर्न उच्च अदालतले आदेश गरेका छ ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top