sangrila Bank

गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क

नागार्जुन, काठमाडौँ, ३१ भदौ (रासस) : नागार्जुन–८ को ग्रामीण क्षेत्रका गर्भवती महिलालाई नियमित गर्भजाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले भीमढुङ्गा स्वास्थ्य चौकीले गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

गर्भवती स्याहार प्रोत्साहन कार्यक्रम सञ्चालनअन्तर्गत सो व्यवस्था गरिएको हो । कार्यक्रमअन्तर्गत पहिलो पटक गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

प्रोटोकलअनुसार चार पटक गर्भजाँच गराउनेलाई शुरुको गर्भजाँचको समयमा एक क्रेट अण्डा, नौ महिनाको समयमा थप एक क्रेट अण्डा, दन्त मञ्जन एक सेट, आयोडिनयुक्त नून एक प्याकेट, नुहाउने साबुन एक, लुगाधुने साबुन एक र चना एक केजी प्रदान गरिने भीमढुङ्गा स्वास्थ्य चौकी प्रमुख स्वास्थ्य सहयोगी प्रकाश खतिवडाले बताउनुभयो ।

गर्भवती महिलाको पोषणको अवस्थामा सुधार ल्याउन र गर्भवती अवस्थामा आउन सक्ने समस्याको बेलैमा पहिचान तथा उपयुक्त व्यवस्थापन गर्न कार्यक्रम शुरु गरिएको स्वास्थ्य सहयोगी खतिवडाले जानकारी दिनुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

सम्भव छ ‘सेक्स भिडियो’ प्रतिवन्ध ?

Sunday, 23 September 2018

  काठमाडौं, असोज ७ । सूचना तथा संचार प्रविधि मन्त्रालयले ‘पोर्न साईड’ प्रतिवन्ध लगाउने भएको छ । मन्त्रालयले यस्ता वेबसाईट ...

मुटु दिवसको अवसरमा रु १०० मा मुटु जाँच, वयोधा हस्पिटलले ल्यायो यस्तो योजना !

Saturday, 22 September 2018

काठमाडौँ, ६ असोज । विश्व मुटु दिवसको अवसरमा राजधानीको वयोधा हस्पिटलले रु. १०० मा मुटु जाँच योजना ल्याएको छ । ...

चुरोटको लत छुटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यि चार उपाय !

Saturday, 22 September 2018

काठमाडौँ,६ असोज । वर्तमान समयमा किशोर किशोरी देखी लिएर वृद्धवृद्धाहरु चुरोटको दुव्र्यसनबाट पिडित छन । किशोर किशोरी हरु संगतको कारणले ...

जानी राखौँ ! यस्ता हुन्छन ‘क्यान्सर’को लक्षण

Thursday, 20 September 2018

काठमाडौँ । शरीरका कोषिकाहरु अनियन्त्रित रुपमा बढ्दै जानु क्यान्सर हो । विश्वमा नै क्यान्सर प्रकोपका रुपमा फैलँदो छ । क्यान्सर ...

यस्तो छ जिका भाईरसको लक्षण, न्युनिकरण र निराकरण गर्न यी उपाय अपनाउनुहोस

Tuesday, 18 September 2018

काठमाडौँ । लामखुट्टेको टोकाईको कारण शरिरका जिका भाईरसको संक्रमण हुने गर्दछ । भारतमा अत्याधिक मानिसहरु जिका भाईरसको संक्रमित छन नेपालमा ...

दुई महिनामा १४५ जनामा स्क्रब टाइफस

Monday, 17 September 2018

चितवन, १ असोज  जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला ...

रगतमा कोलेस्ट्रोल घटाउन के गर्नुपर्छ ?

Monday, 17 September 2018

काठमाडौँ । शरीरमा अधिक कोलेस्ट्रोल भयो भने धेरै रोग लाग्न सक्छ । कोलेस्ट्रोल मुटुका लागी हानिकारक मानिन्छ यसका साथै यो ...

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक पारित

Friday, 14 September 2018

काठमाडौं, भदौ २९ । ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । विधेयक पारित गरियोस् ...

अस्पतालमा चिकित्सकको अभाव भएपछि….

Thursday, 13 September 2018

गाईघाट– जिल्लाको पश्चिम क्षेत्र कटारी बजारमा अवस्थित कटारी अस्पतालका तीन चिकित्सक एकैचोटी अन्यत्र हिँडेपछि अहिले अस्पतालमा आउने बिरामीको उपचारमा समस्या ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top