sangrila Bank

‘नाडा अटो सो’ मा रु एक अर्बको कारोवार

काठमाडौँ, ३१ भदौ (रासस) ः नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको मेला ‘नाडा अटो सो’ मा करीब रु एक अर्ब बराबरको कारोवार भएको छ ।

यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको मेलामा नयाँ ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे, ठूला सवारी साधनका साथै तीनका पार्टस्पूर्जाको कारोवार भएको छ ।

करीब ६० हजार दर्शकले अवलोकन गरेको उक्त मेलामा देशका विभिन्न स्थानबाट नयाँ मोडलका गाडी तथा विदेशी गाडीको बिक्रीका लागि स्वदेशमा रहेका सबै मुख्य ब्राण्डको सहभागिता थियो । अन्तर्राष्ट्रिय तहका नाम चलेका विभिन्न कम्पनी तथा ब्राण्डका सामग्रीमा सहुलियत तथा छुटको व्यवस्थासमेत गरिएको थियो ।

सङ्घका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले यस क्षेत्रले मुलुकको राजश्वमा करीब १७ प्रतिशत योगदान पु¥याएकोे जानकारी दिँदै सो क्षेत्रको विकासका लागि स्वदेशमै उत्पादनको व्यवस्था, आयातित सामानमा कर सहुलियत हुनुपर्नेमा जोड दिनुभयो ।

चारपाङ्ग्रे साधन तथा कारको आयातमा करीब २५६ प्रतिशतसम्म भन्सार राजश्व तिर्नुपर्ने हुँदा यसको लागत धेरै हुने गरेको व्यवसायी बताउँछन् । यस क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा वार्षिक २५ प्रतिशत योगदान गरेको सङ्घले जनाएको छ । मेलामा विभिन्न कम्पनीका ७१ बिक्री कक्ष राखिएको थियो ।

व्यवसायीले सवारी साधनमा सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउन माग गरेपछि सरकारले सर्वसाधारणले आम्दानी गरेर सक्षम भएपछि मात्र सवारी साधन खरिद गर्न आग्रह गरेको थियो । विद्युतीय सवारी साधन, ठूला सार्वजनिक सवारी साधनको आयातमा कर छुट गर्ने जनाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

बूढीगण्डकी जलबिद्युतको जिम्मा पुनः गेजुवालाई नै !

Sunday, 23 September 2018

काठमाडौं, असोज ७ । सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना चाईना गेजुवा ग्रुप कम्पनीलाई नै दिने निर्णय गरेको छ ...

बदनामी पप्पुलाई फेरि २ अर्बको नयाँ ठेक्का !

Sunday, 23 September 2018

काठमाडौं, असोज ७ । दर्जनौँ पुल र सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँ भन्दा बढीको ठेक्का पाएको ...

शेयर बजारः साताभरिमा दुई अर्ब ६२ करोडको कारोबार

Saturday, 22 September 2018

  काठमाडौँ, ६ असोज । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६२ करोड ५० लाख १४ हजार बराबरको शेयर ...

इपिएसमार्फत कामदार लैजाने सम्झौता नवीकरण !

Saturday, 22 September 2018

काठमाडौँ, असोज ६ । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजानेसम्बन्धी सम्झौताको नवीकरण भएको छ । ...

दशैँमा खसिबोका किन्दै हुनुहुन्छ ? सिङ हेरेर किन्नुहोला !

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । नेपालीको महान चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौं लगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण ...

खेल टिमका अर्बपति मालिकहरु !

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । मानिसका थरीथरीका सोख हुन्छन् । यसको निर्धारण चाँही पैसाले गर्दोरहेछ । अझ विश्वका धनाढ्यहरुको त कुरै ...

बालाजु क्षेत्रमा आज दिनभर विजुली कटौती हुने !

Friday, 21 September 2018

काठमाडौं, असोज ५ । सडक विस्तारका कारण बालाजु क्षेत्रमा शुक्रबार आज दिनभर विद्युत् कटौती हुने भएको छ । प्राधिकरण वालाजु ...

भूकम्पपीडितलाई सहूलियत ऋण असोजपछि बन्द हुने !

Friday, 21 September 2018

काठमाडौं, असोज ५ । भूकम्पपीडितले असोजपछि सहुलियत ब्याजदरको कर्जा सुविधा नपाउने भएका छन् । भूकम्प गएको साढे तीन वर्षपछि राष्ट्र ...

डीडीसीमा आर्थिक चलखेलः डेढ करोडको प्लाष्टिक गायब !

Friday, 21 September 2018

काठमाडौं, असोज ५ । सरकार स्वामित्वको दुग्ध विकास संस्थान डीडीसी ले दही प्याकेजिङ गर्ने प्लास्टि (पोलिथिन फिल्म) ग्लोबल टेन्डरमार्फत आयात ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top