प्रधानमन्त्री प्रचण्डको निर्देशनमा दुधको मुल्यबृद्धि रद्द, सबै निकायमा पत्राचार !

- दियोपोस्ट  

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा दुधको मुल्य बृद्धिमा रोक लगाइएको छ । उपभोक्ता संरक्षण मञ्चले प्रधानमन्त्री समक्ष उजुरी गरेपछि उक्त उजुरीको सुनुवाई गर्दै प्रचण्डको निर्देशनमा दुधको मुल्यबृद्धि नगर्न राष्ट्रिय दुध्ध विकास बोर्डले सुचना प्रकाशन गरेको हो ।

केही दुग्ध उद्योगहरुले हिजोदेखि लागु हुनेगरि प्रति लिटर १५ रुपैयाँसम्म मुल्य बढाएका थिए ।

मुल्यबृद्धि नगराउन दुग्ध विकास संस्थान, नेपाल डेरी एशोशियएशन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघ काठमाडौंलाई पत्राचार गरिएको छ । दुधको मुल्यबृद्धि रोक्न गरिएको पत्राचार कृषी तथा पशुपंक्षी मन्त्रालयलाई पनि बोधार्थ दिइएको छ । हाल प्रधानमन्त्रीले नै कृषी मन्त्रालय सम्हालेका छन् ।