राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गराउने तयारीमा निर्वाचन आयोग

दियो पोस्ट  

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी गरिएको बताए । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको फागुनमा सकिन लागेकाले फागुनमै दुबै पदको निर्वाचन पुरा गर्न सकिने बताए ।

‘हामीसँग राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्न प्रयाप्त समय छ । फागुनमै निर्वाचन गरेर पुरा गर्न सक्छौं । त्यसका लागि कुनै समस्या छैन’ थपलियाले भने, ‘राजनीतिक दलहरुवीच सहमति भएमा राष्ट्रपति र उपराष्ट्रपतिको फागुनमै गर्न सक्छौं ।’