प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा, विश्वासको मतको तयारीबारे छलफल

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

मंगलबार साँझ भएको भेटमा ओली र प्रचण्डबीच बालुवाटारमा मतको तयारी र सरकारलाई पूर्णता दिने विषयमा छलफल भइरहेको छ ।
संविधानको धारा ७६ ९२० अनुसार बनेको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रधानमन्त्री दाहाल र ओलीबीच विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ ।

सिफारिस