काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सिंहदरबार पुगेका छन् । दुईजनाबीच छलफल जारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताबारे नेकपा एकीकृत समाजवादीले अझै कुनै निर्णयविहीन छ । उनीहरूले सरकारबाट औपचारिक प्रस्ताव नआएको बताउँदै आइरहेका छन् ।
आजमात्रै नेपालले प्रचण्डको अनुहार हेरेर समर्थन गर्न मिल्ने भए गरिसक्ने प्रतिक्रिया दिएका थिए । उनले सरकारको काम हेरेर प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत दिनसम्म निर्णय लिने बताएका थिए ।