काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ । सत्तारुढ गठबन्धनले तयार पारेको ‘सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम’को मस्यौदामा यो एजेण्डा सामेल गरिएको हो । प्रस्तावित मस्यौदा अनुसार स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्दै मुलुकलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउँदै लैजाने र राष्ट्रिय पुँजीको विकास गर्न ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने सरकारको लक्ष्य छ ।