काठमाडैं । नेकपा माओवादी केन्द्रले वामपन्थी पार्टी र समूहबीच एकताका लागि वार्ता र छलफल गर्न कार्यदल गठन गरेको छ । पार्टी पदाधिकारीको शनिवार बसेको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा महासचिव देव गुरुङसहित जनार्दन शर्मा, शक्ति बस्नेत र गिरिराजमणी पोखरेल सदस्य रहेको गुरुङले बताए । यो कार्यदलले नेकपा एससहितका दलसँग छलफल गर्नेछ ।
यसअघि नेकपा एस र जसपाले पनि कार्यदल गठन गरेका थिए ।