कपडा तस्करमाथि प्रहरीको एक्सन : लाखौँको कपडासहित भारतीय ट्रक बल्खुमा नियन्त्रण

दियो पोस्ट  

काठमाडौं । प्रहरीले भंसार छली गरेर नेपाल भित्र्याइएको लाखौँको सामग्री सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
शनिबार विहान ३ बजे नै उपत्यका भित्रँदै गरेको भारतीय नम्बर प्लेटको उक्त ट्रक महानगरीय प्रहरी बृत्त कालिमाटीले बल्खुमा फेला पारेको थियो ।
पक्राउ पर्नेमा भारतको पञ्जाव प्रदेशको लुदियाना घर भएका ५६ वर्षिय सुकदेव सिंह रहेका छन् ।

ट्रकबाट सुट पाइन्टको ५६सय ८३ मिटर कपडा, विभिन्न सर्टका कपडा, २७ सय मिटर, विभिन्न शेरवादीको कपडा २१ सय ८१ मिटर, विभिन्न लेहेंगा कपडा १६ सय ५० मिटर बरामद भएको छ ।
बरामद भएको कपडाको मुल्य अन्दाजी ६६ लाख ६५ हजार ५ सय ५८ रुपैयाँको रहेको प्रहरीले जनाएको छ ।
उक्त घटना सम्बन्धमा पक्राउमा परेका सुकदेव सिंहलाई बरामद दशीसहित थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको छ ।
नेपाल भारत सिमामा रहेका विभिन्न सुरक्षा निकायको चेकजाँच पास गरेर यतिका महँगो भन्सार छलीको कपडा कसरी नेपाल भित्रियो भन्ने आशंका बढेको छ ।