विश्वासको मतबारे निर्णय गर्न कांग्रेसलाई सकस

दियो पोस्ट  

काठमाडौं । सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा शीर्ष नेताहरूबीचमै विवाद भएपछि कांग्रेसले निर्णय लिन सकेको छैन । सभापति शेरबहादुर देउवाले धुम्बाराहीमा शीर्ष नेताहरूसँगको छलफलमा सहमति नभएपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । पदाधिकारीबीचमा सहमति नजुटेपछि बिहान साढे ११ बजे संसद् भवनको ल्होत्से भवनमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको एक नेताले बताए ।