काठमाडौं । गैरकानुनी रुपमा जापानी भाषाको किताब प्रकाशन गरि विक्री वितरण गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं जापानिज ल्याङवेज ईन्ष्टिच्युसन कालिकास्थानका संचालक निर्मणीलाल श्रेष्ठ रहेका छन् ।
काठमाडौंको पुतलीसडकमा कार्यालय रहेको एमआर पब्लिकेशन एण्ड डिष्ट्रिब्यूसनले उनी विरुद्ध प्रतिलिपि अधिकार उलंघन गरेको अभियोगमा जाहेरी दिएको थियो । एमआर पब्लिकेशनले जापानको एक पब्लिकेशनबाट जापानी भाषको दुई पूस्तकहरु प्रकाशन गर्ने प्रतिलिपि अधिकार पाएको थियो । तर, एमआरले छापेको उक्त पुस्तकलाई हुबहु नक्कल गरि श्रेष्ठसहित चार जना व्यक्तिहरुले बजारमा गैरकानुनी रुपमा पुस्तक विक्री गर्दै आएका थिए । जाहेरकर्ता शाहीका अनुसार उक्त समुहले एक थान किताब बराबर ९ सय ४ रुपैयाँ असुली गर्दै आएका थिए ।
एक वर्षदेखि फरार रहेका श्रेष्ठ कहिले जापान त कहिले नेपाल आउजाउ गर्दै आउँथे ।
महानगरीय प्रहरी परिसर टेकुले उनलाइ २ दिनअगाडी पक्राउ गरि म्याद थप गरि अनुसन्धान गरेको हो ।