‘राष्ट्रिय एकतालाई सुदृढ बनाउन प्रधानमन्त्री दाहाल उपयुक्त पात्र हुनुहुन्छ’

दियो पोस्ट  

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले देशमा पछिल्लो समय देखिएका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल उपयुक्त पात्र भएको उल्लेख गर्दै विश्वासको मत दिने बताए । मंगलबार प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा प्रस्तुत गरेको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद राईले संघीयता कार्यान्वयनलगायतका काम गर्न सरकारलाई आग्रह गरे ।

‘कर्मचारीतन्त्रलाई प्रक्रियामुखी होइन कार्यमुखी बनाउनु छ ।अहिले राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै अगाडि बढ्नु छ, यो आवश्यकतालाई परिपूर्ति गर्नका लागि सक्षम हुनुहुन्छ अनुभवी हुनुहुन्छ उपयुक्त पात्र हुनुहुन्छ भन्ने विश्वासका साथ हाम्रो पार्टीले विश्वासको मत दिने निर्णय गरेको छ,’उनले भने ।