सबैले सरकारलाई समर्थन गर्नु यो विचित्रको दृश्य : चित्रबहादुर केसी

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षी दलले पनि सरकारलाई समर्थन गरेको विचित्रको दृश्य नेपालमा देखिएको बताएका छन् । नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको प्रति कटाक्ष गर्दै उनले नेपालमा विचित्रको दृश्य देखिएको बताएका हुन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘संसदीय ब्यवस्थामा प्रतिपक्ष हुन्छ, मैले जानेको संसदीय व्यवस्था त त्यस्तो हो, नेपालमा त आज विचित्र के भयो भने भएभरका सबै सरकारमा सामेल हुने, सरकारलाई समर्थन गर्ने, यहाँ भन्दा हाइसञ्चो सत्तापक्षमा बस्नलाई के हुन्छ ?’
कांग्रेसले दिएको समर्थनभित्र कुनै अदृश्य खेल हुन सक्ने पनि उनले आशंका समेत गरेका छन् ।