काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्ने बताएको छन् । उनले संविधानभन्दा दायाँबायाँ गर्ने छुट आफूलाई नभएको उल्लेख गर्दै संविधान कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्ने बताएका हुन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिपक्ष दलको पनि समर्थनले आफूले असाधारण मत पाएको बताए । सबैको समर्थनपछि जनताको लागि गरेको प्रतिबद्धता कार्यान्वयमा निकै ठूलो अवसर पाएको प्रधानमन्त्रीको भनाइ थियो ।
संविधान बनाउने क्रममा नै सदनलाई सर्वोपरि बनाउन सहमति भएको भन्दै उनले भने, ‘भोलि संविधान संशोधन गर्ने, नयाँ ठाउँमा पुर्याउने हुनसक्छ । संविधान संशोधन नहुँदासम्म त्यसको मर्म र भावनाअनुसार अघि बढ्न प्रतिबद्ध छौं ।’