प्रधानमन्त्री प्रचण्डले पाए प्रतिनिधि सभाबाट विश्वासको मत

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् ।प्रचण्डलाई कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपाले विश्वासको मत दियो ।

यस्तै, प्रतिनिधिसभामा रहेका स्वतन्त्र सांसद्हरू प्रभु साह, डा. अमरेशकुमार सिंहले पनि मत दिए ।

राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त हुँदा प्रचण्डले सात राजनीतिक दल र दुई स्वतन्त्र गरी १६९ सांसदको समर्थन प्राप्त गरेका थिए ।

प्रधानमन्त्रीमा समर्थन नगर्ने दलहरुले समेत विश्वासको मत दिने भएपछि अब प्रतिनिधिसभामा एक÷एक सिट रहेका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा मात्रै प्रचण्डलाई विश्वासको दिएनन् ।

नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीको विपक्षमा मतदान गरे ।

आजको बैठकमा २७० जना उपस्थित थिए ।