सभामुखको चुनाव ५ माघमा

दियो पोस्ट  

काठमाडौं । सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने भएको छ । संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्ने छ । प्रतिनिधि सभाका सदस्यले आफू मध्येबाट एक जनलाई सभामुख चयन गर्ने छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि बैठक प्रतिनिधि सभाको बैठक माघ ५ गते बस्ने गरी सकिएको छ ।