प्रधानमन्त्री बनेपछि पहिलो पटक गोरखा जाँदै प्रचण्ड

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदैछन् । खेलकुद मैदान हरमटारीमा आजबाट सुरु हुने ११ औं गोरखा महोत्सव उदघाटन प्रचण्ड गोरखा जान लागेका हुन् । प्रधानमन्त्री बनेपछि प्रचण्ड गोरखा जान लागेको यो पहिलो पटक हो ।
गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए । उनले हिजो संसदमा विश्वासको मत पाएका थिए ।

यसैबीच प्रधानसेनापति प्रभुराम शर्मा पनि आजै गोरखा जाँदैछन् ।