सत्ता गठबन्धनबाट बागमतीको सभामुखमा पाठकको उम्मेदवारी दर्ता

दियो पोस्ट  

काठमाडौं । बागमती प्रदेशको सभामुख पदका लागि राप्रपाका भुवन कुमार पाठकले मनोनयन दर्ता गरेका छन् । बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर पाठकले सभामुख पदमा मनोनयन दर्ता गरेका हुन् । उनले एमालेका सांसद जगन्नाथ थपलियाको प्रस्ताव र माओवादी केन्द्रका युवराज दुलालको समर्थनमा मनोनयन दर्ता गरेका हुन् । उनले नेपालको संविधानको धारा १८२ एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ७ को उपनियम (२) बमोजिम मनोनयन दर्ता गरेका हुन् । उनी राप्रपाको कोटामा काठमाडौंबाट समानुपातिक सांसद चुनिएका हुन् ।