गठबन्धनको बैठकअघि प्रधानमन्त्री भेट्न बालुवाटार पुगे ओली, दुई नेताबीच छलफल जारी

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न अध्यक्ष ओली बालुवाटार पुुगेका हुन् । प्रधानमन्त्री र ओलीबीच अहिले छलफल जारी छ । प्रधानमन्त्री प्रचण्डले आजै सत्ता साझेदार दलको बैठक बोलाएका छन् । गठबन्धनमा आबद्ध दलहरुसँगको संयुक्त बैठकअघि प्रचण्ड र ओलीबीच छलफल भइरहेको जनाएको छ ।

प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।