अख्तियारका पूर्वआयुक्त पाठकलाई ३ वर्ष कैद सजाय

दियो पोस्ट  

काठमाडों । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विशेष अदालतले तीन वर्ष कैद सजाय सुनाएको छ। साथै जरिवाना पनि तोकिएको छ। विशेष स्रोतका अनुसार पाठकलाई तीन वर्ष कैद सुनाइएको हो । पाठकलाई सरकारी ओहोदामा रहेर भ्रष्टाचार उद्योग गरेको भनी थप ३ महिना सजाय सुनाइएको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले बिहीबार यस्तो फैसला गरेको हो ।

तत्कालीन आयुक्त पाठक र नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालक न्यौपानेविरुद्ध अख्तियारले १२ चैत २०७५ मा मुद्दा दायर गरेको थियो । उनले कलेजको स्वामित्व विवादमा परेको उजुरी मिलाइ दिने भनी ७८ लाख रुपैयाँ घूस लिएको अभियोग उनीमाथि थियो ।