कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। एमाले सांसद अधिकारी गत पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले शुक्रबार दिउँसो १ बजे प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन्।अधिकारीले गठबन्धनका तर्फबाट ३३ सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरेका थिए।
उनलाई एमालेका २२, नेकपा (माओवादी केन्द्र) का आठ, राप्रपाका दुई र स्वतन्त्र निर्वाचित राजीव गुरुङले समर्थन गरेका थिए।