तीन मन्त्रालयसहित राप्रपा सरकारमा जाँदै, कुन–कुन मन्त्रालय पाउने ?

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारीमा सहभागी हुने तय भएको छ।

राप्रपाले यीबाहेक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेत पाउने भएको छ। अर्को एक मन्त्रालयको भने अझै टुंगो लागेको छैन।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा शहरी विकास मन्त्रालयमध्ये १ राप्रपाको भागमा पर्ने देखिएको छ। राप्रपा भूमि व्यवस्था मागे पनि गठबन्धनका अन्य दलहरुले शहरी विकास लिन भनिरहेको बुझिएको छ।

शनिबार र आइतरबार दुई दिन बिदा भएका कारण मन्त्रिपरिषद् विस्तार सोमबारसम्म गर्ने विषयमा सत्ता साझेदार दलहरुमा छलफल चलिरहेको छ।