काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाल चेतावनी सहितको अवसर रहेको बताएका छन्।
राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यो कार्यकाल जनताको दैनिकीलाई सहज बनाउने सवालमा काम गर्ने बताएका छन्।
‘प्रतिनिधि सभाको बनोट हेर्ने हो भने जनताले पुराना शक्ति र नेतृत्वप्रति निरासा पनि व्यक्त गरेका छन्। तर जनताले विवेक पुर्याउँदै निषेध पनि गरेका छैनन्,’ उनले भने, ‘जनताको दैनिकीलाई सहज बनाउन म अग्निपरीक्षामा छु। यो परीक्षा पास गर्नेपर्ने स्थिति छ।’