गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

दियो पोस्ट  

कास्की । पोखराका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन् । आज भएको प्रेदशसभा बैठकमा अधिकारीको पक्षमा ३१ मत र विपक्षमा २७ मत परेको हो । अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । सत्ता गठबन्धनको नेकपा एमालेबाट अधिकारी मुख्यमन्त्री बनेका हुन् ।