काठमाडौं । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले एमाले अध्यक्ष केपी ओलीले राजनीतिमा महाभूकम्प ल्याएको आरोप लगाएका छन् । मुलुकको पछिल्लो राजनीतिक परिदृश्यको मुख्य योजनाकार ओली भएको उनको भनाइ छ ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले भने, ‘जुन आजको स्थिति बिग्रेको छ भनिन्छ, त्यसको निम्ति मूल कृष्ण भएर भूमिका खेल्ने कमरेड केपी ओली हुनुहुन्छ, नेकपा (एमाले) का अध्यक्ष । महाभारतमा अर्जुन र कृष्णहरू छन् । कृष्णलाई मुख्य मान्छन्, तर धुनवान चढाएर सबैसबै समाप्त गर्ने त अर्जुन नै हो । त्यसो भएर कृष्णलाई पछाडिबाट सहयोग गर्ने व्यक्ति मानिन्छ । पात्रको रूपमा अर्जुनलाई मानिन्छ । यसपटक हाम्रो देशमा घटेको यो महाभूकम्पमा मुख्य योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली । र, मुख्य पात्र प्रचण्ड हुनुभएको छ ।’