सेती नदीको खोँचमा विमान दुर्घटनाग्रस्त, विमानमा लागेको आगो नियन्त्रण बाहिर

- दियोपोस्ट  

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको विमान दुर्घटनामा परेको छ । चार जना चालक दलका सदस्यसहित ७२ जना यात्रु बोकेर काठमाडौंबाट पोखरा उडेको उक्त विमान नयाँ गाउँस्थित सिताराम कोलोनीमा दुर्घटना भएको हो ।


यतिबेला आगो निभाउने कार्य भइरहेको छ । प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको समुहले उद्दार गरिरहेको छ । साथै दुर्घटनास्थलमा ठूलो भिड लागेको छ ।
स्थानियका अनुसार विमान देख्दा देख्दै दुर्घटनामा परेको थियो । कास्कीका सिडिओ टेक बहादुर केसीका अनुसार पोखरा क्षेत्रिय विमानस्थलबाट २ किलोमिटर नजिकै सेती नदिको खोँचमा विमान दुर्घटनामा परेको हो ।