पोखरा विमान दुर्घटना : कम्तीमा ३० जनाको मृत्यु, उद्धारकार्य जारी

दियो पोस्ट  

काठमाडों । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।
पोखरा–१५ नयाँ गाउँमा जहाज दुर्घटनामा परेको स्थानीयले बताएका छन्। जहाजमा आगो लागेको छ। काठमाडौंमा गएको जहाजमा चार जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए।