पोखरामा जहाज दुर्घटना अपडेट : अहिलेसम्म के–के खुलेको छ ?

दियो पोस्ट  

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ।

काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु थिए।

जहाज पाइलट कमल केसीले उडाएका थिए।

विमानका कोपाइलट अन्जु खतिवडा थिइन् ।

जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

जहाजको लगभग ८० प्रतिशत जलेकाले कोही जिवित भेटिने सम्भावना रहेको छैन ।

विमानमा १० पर्यटकसहित ७२ जना सवार थिए, ती मध्ये तीन शिशुसहित ६ बालबालिका सवार थिए ।

३५ पुरुष, २७ महिला सवार थिए ।