काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेल पनि परेको खबर छ । उनी काठमाडौंबाट चितवन फर्किएको स्रोतको भनाई छ । तत्कालिन अर्थमन्त्री कृष्ण बहादुर महराका प्रेस सल्लाहकार समेत रहेका पौडेलको नाम समेत यात्रुको सुचीमा रहेको छ ।
पत्रकार महासंघका निर्वाचित पूर्बकेन्द्रीय सदस्य समेत रहेका उनी काठमाडौंबाट पाेखरा फर्किएको स्रोतको भनाई छ ।
काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखराको नयाँ गाउँमा दुर्घटनामा परेको हो । चालक दलका चार सदस्य सहित ७२ जना यात्रु सवार उक्त विमान जलेको अवस्थामा उद्दार जारी छ ।