काठमाडौं । पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजमा लागेको आगो नियन्त्रणमा आएको छ। आइतबार बिहान १०ः३३ मिनेटमा काठमाडौंबाट उडेको एटिआर ७२ विमान पोखरा महानगरपालिका–१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको हो। दुर्घटनापछि जहाजमा लागेको आगो नियन्त्रणमा लिइसकेको प्रहरी स्रोतले जनाएको छ ।
यस्तै अहिलेसम्म कोही पनि जीवित भेटिएका छैनन्।
दुर्घटनास्थलबाट ३६ जनाको शव निकालिसकेको छ ।
यो पनि