निक्षेप तथा कर्जा सुरक्षण कोषका सीईओ रमेश घिमिरे चीन विरोधी गतिविधिमा !

- दियोपोस्ट  

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषका सिईओ रमेश घिमिरे चीन विरोधी गतिविधिमा लागेको खुलाशा भएको छ ।

एक चीन नितिप्रति प्रतिवद्ध रहेको नेपाललाई भूराजनीतिमा समेत जटिलता ल्याउने गरि घिमिरेले एउटा विवादास्पद कार्यक्रममा हस्ताक्षर गरेर आएको खुलाशा भएको हो । गत कार्तिक तेस्रो साता कोरिया भ्रमणमा आफ्नी पत्नि सहित पुगेका उनले नेपालमा विगतदेखि रोकिएको कार्यक्रम गर्ने गरि हस्ताक्षर गरेर आएका छन् ।

चीनले ताइवानलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिएको छैन । अमेरिका लगायत पश्चिमा मुलुकले ताइवानलाई छुट्टै राष्ट्रको रुपमा मान्यता दिनेगरि सैन्य सहयोग गर्दै आएपनि नेपाल भने यस मामिलामा मौन छ । किनकी नेपाल एक चीन निति प्रति प्रतिवद्ध छ । छिमेकी मुलुक भएका नाताले नेपाल र चीनबीच दौत्य सम्बन्ध समेत कायम छ । तर, दौत्य सम्बन्धको डोरीलाई समेत ध्वस्त पार्नेगरि घिमिरेले सन् २०२४ मा नेपालमा ताइवानलाई समेत छुट्टै राष्ट्रको मान्यता दिनेगरि कार्यक्रम गर्ने घोषणापत्रमा हस्ताक्षर गरेर आएका हुन् ।

 

कर्जा सुरक्षण कोष समलग्न रहेको एशियन कर्जा सुरक्षण संस्था (एशियन क्रेडिट सप्लिमेन्टेशन ईन्स्टिच्युसन कन्फेडेरेशन) एसीएसआईसीको १८ औँ सम्मेलनमा भाग लिन उनी त्यहाँ पुगेका थिए । उक्त सम्मेलनमा १३० जना सहभागी रहेका थिए ।

नेपाली टोलीको प्रतिनिधित्व भने तत्कालित राजश्व सचिव दंगालले गरेका थिए । उक्त संगठनमा एसियन मुलुक जापान, कोरिया, मलेशिया, भारत, ताइवान लगायत मुलुक छन् ।

नेपालमा ताइवानलाई समेत सहभागी गराएर सन् २०२४ मा १९ औँ सम्मेलन गर्ने तयारी गरेपछि नेपाल चीन द्वन्द बढ्न सक्ने भूराजनीतिमा दख्खल राख्नेहरु बताउँछन् ।

२०४५ सालमा स्थापना भएको यो संस्थाको ताइवान, नेपाल लगायत १० वटा मुलुक सदस्य छन् । य२०५१ सालमा नेपालमा सम्मेलन संचालन भएको थियो । उक्त कार्यक्रममा ताइवानलाई निम्ता गरेको भन्दै तत्कालिन परराष्ट्र मन्त्रीले विरोध गरेका थिए । २०५१ सालमै विवादित बनेपछि हालसम्म नेपालमा कोषले सम्मेलन आयोजना गर्न सकेको छैन । तर, नेकपा एमालेका नेता जीवन घिमिरेका भाई रमेश घिमिरे कोषको सिईओ भएर आएपछि उनले नेपालमै कोषको सम्मेलन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेर आएका छन् । ‘कोषले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर मात्रै यस्ता कार्यक्रम गर्नुपर्छ । आफूखुसी नेपालका छिमेकी राष्ट्रसँग भएका सन्धी तथा सम्झौतालाई उलंघन हुने गरि गतिविधि गरे कारबाहीको भागिदार हुनुपर्छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारी भन्छन्,‘कुटनीतिक मर्यादामा हामी सबै बस्नुपर्छ ।’
उक्त कार्यक्रमबारे प्रतिक्रिया लिन घिमिरेको मोबाइलमा पटक पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।