सुदूरपश्चिमको सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित

दियो पोस्ट  

काडठमाडौं । सुदूरपश्चिमको सभामुखमा बझाङबाट चुनाव जितेका माओवादी सांसद भीम भण्डारी चयन भएका छन्।

पुस २८ गते भएको निर्वाचनमा एक मत बदर भएर वहुमत नपुगेपछि माघ ३ गतेको बैठकबाट भण्डारी बहुमतसहित सभामुख चुनिएका हुन्।

यसअघि पुस २९ गते बैठक बस्ने भनिए पनि दलहरूबीच सहमति नहुँदा स्थगित भएको थियो। त्यसपछि पुस ३० गतेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका ७ जना सासंद तटस्थ बस्दा सभामुखका उम्मेदवार बनेका भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल मध्ये कुनै एक जनाले पनि बहुमत पाउन सकेनन्।