डाक्टर तोसिमा कार्की बन्ने भइन् स्वास्थ्य राज्यमन्त्री, आजै सपथ लिदै

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छन्।

ललितपुर–३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी ३३ वर्षीया कार्कीले आजै राज्यमन्त्रीको सपथ लिन लागेकी छन्।

मेडिकल काउन्सिलकी सदस्य रहिसकेकी कार्कीले यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेकी थिइन्।