रेखा शर्मासहित यी हुन् माओवादीका मन्त्रीहरू, कुन मन्त्रालय कसलाई ?

दियो पोस्ट  

काठमाडौं । निर्वाचनको करिब दुई महिनापछि सरकारले पूर्णता पाउने भएको छ । माओवादीले पार्टीबाट मन्त्रीहरूको नाम टुंगो लगाएको छ । माओवादीले रेखा शर्मा, सुदन किराँती, अमनलाल मोदी र सुशीला श्रीपालीलाई सरकारमा पठाउने निर्णय गरेको छ।

सोमबार बसेको सत्तारूढ गठबन्धनको बैठकले माओवादीले प्रधानमन्त्रीबाहेक चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति गरेको थियो । शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री, किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्दै छन् । त्यसैगरी, माओवादीले सुशीला श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री बनाउँदै छ ।

माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ यसअघि नै भौतिक पूर्वाधार तथा यातायातमन्त्री भइसकेका छन् ।