काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गरेका छन् । तर मन्त्रिपरिषदले अझै पनि पूर्णता पाउन सकेको छैन।
गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ मा ३ उपप्रधानमन्त्रीसहित ८ मन्त्री बनाए पनि सबैलाई मन्त्रालयको जिम्मेवारी तोकेका थिएनन्, १७ मन्त्रालय आफैंले हेर्दै आएका थिए।
मंगलबार प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दा २ मन्त्रालय भने खाली नै छ।