काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ। आज प्रदेश सभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदैछन्। नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दल नेता जम्कट्टेल गत पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय पार्टीले गरेको नेपाली कांग्रेस बागमतीले जनाएको छ ।
बागमती प्रदेशमा नेपाली कांग्रेसबाट ३७ जना सांसद छन्।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि गत पुस २६ गते विश्वासको मत दिएको थियो।