काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्। आज प्रदेश सभाबाट उनले विश्वासको मत लिएका हुन्। प्रदेश सभामा ११० जना सदस्य रहेकोमा मतदानमा १०९ जना सहभागी थिए।
मुख्यमन्त्री जम्कट्टेलका पक्षमा १०५ मत आएको छ।नेपाल मजदुर किसान पार्टीका सांसदबाहेक अरू दलका सांसदले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएका हुन्।
नेपाली कांग्रेसले विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने बताएको छ। नेकपा माओवादी केन्द्रका संसदीय दल नेता जम्कट्टेल गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।