मधेश प्रदेश : मुख्यमन्त्रीका लागि उपेन्द्रले मागे देउवासँग विश्वासको मत

दियो पोस्ट  

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मधेश प्रदेश सरकारका मुख्यमन्त्रीका लागि विश्वास मत माग्न काँग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवले आज त्यहाँको प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । आज बिहान अध्यक्ष यादव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका साथमा सभापति देउवालाई भेट्न धुम्बाराही पुगेका थिए ।

मधेश प्रदेशमा एमाले, माओवादी केन्द्र, जनमत पार्टीलगायत दलको समर्थनमा जसपाले मुख्यमन्त्री पाएको छ । जसपाले काँग्रेसको पनि साथ खोजेको हो । माओवादी केन्द्रको नेतृत्वमा गठन भएको सरकारमा जसपा गएको छैन । भागबण्डामा कुरा नमिलेपछि जसपा नेपाल सरकारमा सहभागी भएको छैन ।