सुदूरपश्चिमका मुख्यमन्त्री रावलले माघ ११ गते विश्वासको मत लिने

दियो पोस्ट  

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले माघ ११ गते विश्वासको मत लिने भएका छन्। नेकपा एमाले प्रदेश संसदीय दलका नेता रावल पुस २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भएका थिए । मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्रमा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार रावलले ११ गते प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने छन्।

रावलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए। उनलाई एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी २९ सांसदको समर्थन छ।