काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । बुधबार संसद् सचिवालयमा उनले प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् ।
घिमिरेले प्रतिनिधिसभालाई निष्पक्ष ढंगबाट सञ्चालन गर्ने बताएका छन् । उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सभामुखले निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी हुन नदिने उल्लेख गरे ।