काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सिङ्गो प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधवार प्रदेशसभामा पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान हुँदा १०२ सांसद उपस्थित रहेकोमा १०२ सांसदले नै विश्वासको मतको पक्षमा मतदान गरेका हुन् ।