सभामुखमा कांग्रेसबाट ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता

दियो पोस्ट  

काठमाडौं । कांग्रेसबाट सभामुख पदमा ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छिन्। प्रस्तावक विश्वप्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीबाट प्रमुख सचेतक प्रकाश ज्वाला र लोसपा छन्।

न्यौपाने सभामुख र उपसभामुखको अनुपस्थितिमा सभाध्यक्षता गर्ने अध्यक्षमण्डलको सदस्य थिइन्। उनले संसद्को पहिलो बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले आराम गर्दा अध्यक्षता गरेकी थिइन् । न्यौपाने यसअघि कांग्रेसको प्रमुख सचेतक भइसकेकी छिन्।

यता सत्तागठबन्धनको तर्फबाट प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्।