तस्बिर : एएफपी
काठमाडौं । युक्रेनको राजधानी किभस्थित हेलिकप्टर दुर्घटनामा आन्तरिक मामिला मन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । बुधबार किभस्थित एक स्कुलमा क्षति पुग्ने गरी हेलिकप्टर दुर्घटना भएको हो । जहाँ तीन बालबालिकाको पनि मृत्यु भएको बीबीसीको समाचारमा उल्लेख छ । साथै दुर्घटनामा १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा जमिनमा रहेका मानिसहरू समेत छन्।
घाइते १५ जनाको अस्पतालमा उपचार भइरहेको छ।
हेलिकप्टरमा मन्त्री डेनिस मोनास्तिर्स्की र अरू आठ जना सवार थिए।