राष्ट्रपतिको चर्चा चलेपछि डा. रुइतले भने– ‘त्यो पद मेरा लागि होइन’

दियो पोस्ट  

काठमाडौं । डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्ना लागि नभएको बताएका छन् । मंगलबार मात्र बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका रुइतले बुधबार सञ्चारकर्मीहरुसँग सम्वाद गरेका थिए । डा. रुइतले लोकतन्त्रमा राष्ट्रपतिको विश्वसनीयता महत्वपूर्ण हुने बताए । अहिले त्यसको कमी रहेको र त्यसलाई विश्वसनीय बनाउन सबैले काम गर्नुपर्ने बताए ।

उनले अघि भने, ‘यो मेरो लागि होइन । मैले आफ्नो सीमा र स्थान राम्रोसँग बुझेको छु । यही कारण म अगाडि आएको हो । मैले सक्ने जति गर्ने हो, सक्ने भन्दा अरु काम गर्दिनँ ।’